एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रिय सदस्य जेएन थपलियाले चितवन १ बाट उम्मेदवार बन्न दिए आवेदन

"प्रदेश सभा सदस्यका लागि भने धेरै आकांक्षी,"

भदौ १७, चितवन । चितवन क्षेत्र नम्वर १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधी सभा सदस्यका लागि पार्टी केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डेसहित दुई जनाले दावी पेश गरेका छन् । शुक्रवार एमाले क्षेत्रीय समन्वय कमिटिको भेलामा उपाध्यक्ष पाण्डे र केन्द्रिय सदस्य जेएन थपलियाले उम्मेदवार वन्न निवेदन दिएका हुन् ।

दुवै नेता वैठकमा सहभागी भई निवेदन पेश गरेका थिए । यस क्षेत्रबाट तेश्रो कार्यकालका लागि प्रत्यक्ष निर्वाचनमा सहभागी हुन पार्टी केन्द्रिय उपाध्यक्ष पाण्डेले उम्मेदवारी दिएका हुन् । वि।सं। २०७० र वि।सं। २०७४ को निर्वाचनमा पाण्डे निर्वाचित भएका थिए । दुवै निर्वाचनमा काग्रेशका नेता राजेन्द्र प्रसाद बुर्लाकोटीलाई पाण्डेले भारी मतान्तरले पराजीत गरेका थिए । पुर्व अर्थमन्त्री समेत रहेका पाण्डे लोकप्रिय र विकासप्रेमी नेताका रुपमा परिचित छन् ।

संघीय साँसदकै लागि दावी पेश गरेका पार्टी केन्द्रिय सदस्य थपलिया डोरमणी पौडेल मुख्यमन्त्री हुँदा उनको प्रमुख राजनितिक सल्लाहकार भई काम गरिसकेका छन् । वौद्धिक नेताका रुपमा चिनिने थपलिया नेकपा एमाले चितवनका पूर्व अध्यक्ष समेत हुन् ।

प्रदेश सभा सदस्यका लागि भने धेरै आकांक्षी देखिएका छन् । प्रदेश १ क मा एक जना सदस्यका लागि ७ जना र प्रदेश १ ख मा एक जना सदस्यका लागि ११ जनाले नाम टिपाएको प्रदेश क सहइन्चार्ज हरि पौडेलले जानकारी दिए । प्रदेश १ क मा इमानसिंह लामा, सिंहबहादुर गोले, श्यामलाल विश्वकर्मा, अम्मरबहादुर तामाङ, राजेन्द्रप्रसाद सिवाकोटी, चन्द्रदेवी तामाङ र शुशिला पौडेल थपलियाले निवेदन दिएका छन् ।

त्यस्तै प्रदेश १ ख मा नारायण वन, राजाराम रेग्मी, प्रकाश खनाल, विकास डल्लाकोटी, स्वरुप सुयाँल, मुकुन्द दहाल, प्रेमनाथ दुवाडी, डाक्टर यमुना कडेंल, पूर्णबहादुर डल्लाकोटी, कपिलदेव पोखरेल, प्रताप डल्लाकोटि र गोपी प्रसाद नेपालले निवेदन दिएका छन् । प्रत्यक्ष निर्वाचनका लागि निवेदन दिएका सवैको नाम जिल्ला कमिटिमा पठाईने क्षेत्रीय अध्यक्ष यादव पाठकले बताए । संघ र प्रदेश सभामा समानुपातिक सदस्यका लागि भने भदौ २० गते जिल्ला पार्टी कार्यालयमा निवेदन दिने मिति तोकिएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु