चितवने थारु गित पावनि जितीया सार्वजनिक (भिडियो सहित)

भदौ १०, चितवन । चितवने थारु गित जितीयाको म्युजिक भिडियो सर्वाजनिक गरिएको छ। । गितमा चितवनका विभिन् रमणीय  दृश्यहरु देखाइएको छ । चितवन थारु समुदायका नारीहरुले महान पर्व जितीया लाई भव्यरुपले मनाउने गर्दछन् । यहि पर्वलाई गित मार्फत प्रस्तुत गरिएको छ ।

म्युजिक भिडियोमा गायक विश्व चौधरी र गायीका समिक्षा चौधरीको स्वर रहेको छ । आशिष चौधरीको म्युजिक कम्पोजर, उपेन्द्र चौधरी (अविरल जिज्ञासुको) र सङवा महिला समुह बणगाउँको शब्द रहेको छ ।

म्युजिक भिडियोमा देव महतो र मुस्कान चौधरीको अभिनय रहेको छ । म्युजिक भिडियोमा हिरा चौधरीको निर्देशन रहेको छ भने सहायक निर्देशक नितेश जग चौधरी, क्यामेरामेन म्याडम्यक्स विक्रम, मेकपमेन सरु ओली, अरेन्ज गणेश चौधरी, भिडियो सौजन्य लोकेन्द्रराज चौधरी रहेकाछन् । म्युजिक भिडियो सेविल ईन्टरनेँटमेन्ट युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।
(भिडियो)

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु