संसदमै किन अर्धनग्न बने अमरेशकुमार सिंह ?

काठमाडौं,२५ बैशाख । प्रतिनिधि सभाको सोमबारको बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह अर्धनग्न बनेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए । सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाए । संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरे ।

 

सभामुखले पटक पटक आग्रह गरेपछि सिंह लुगा लगाएर बैठकमै सहभागी भए । –00–

 

Share:

सम्बन्धित समाचारहरु