सेन्ट्रल कलेज मेलमिलाप कप फुटसलमा नारायणगढ जेसीज विजयी

भदौ ६, चितवन ।
मेलमिलाप कप फुटसलको उपाधि नारायणगढ जेसीजले हात पारेको छ। फाइनल खेलमा लियो क्लब अफ भरतपुरलाई पराजित गर्दै नारायणगढ जेसीजले उपाधि जितेको हो
नारायणगढ जेसीजले लियो क्लब अफ भरतपुरलाई ८(४ गोल अन्तरले पराजित गरेको हो। नारायणगढ जेसीज लियो क्लब अफ नारायणगढलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने लियो क्लब अफ भरतपुरले फाइनलमा स्थान बनाउन नेपाल खेलकुद पत्रकार मञ्च चितवनलाई हराएको हो।

विजेता र उपविजेता दुबै टोलीले शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन्। उनीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की र प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङका प्रिन्सिपल यज्ञविलास पौडेल (वाइबी)ले पुरस्कार वितरण गरे।

सक्षम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिको आयोजनामा ब्रदर्श फुटसल एरिना क्षेत्रपुरमा सम्पन्न प्रतियिगितामा पत्रकार, लियो, लायन्स, जेसीज र रोट्र्याकका सात टोली सहभागी थिए। सामाजिक क्षेत्रमा सक्रिय बिभिन्न क्लब र खेलकुद पत्रकारबीचको सम्बन्ध थप मजबुद मनाउन प्रतियोगिता आयोजना गरिएको सक्षम मिडियाका अध्यक्ष विपिन खनालले बताए।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु