चितवन । चितवन मेडिकल कलेजले आफ्नो सेवा विस्तारगर्दै गएको छ । कलेजले आफ्नै लगानीमा क्यान्सर अस्पताल संचालनगर्दै छ । दुई अर्ब रुपैयाँ लगानीमा लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ । यसलाई सिएमसी क्यान्सर इन्स्टिच्यूट नाम दिइएको छ ।
आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको हो । अग्रणी सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर अस्पताल सुरु गर्न लागेको हो ।
दसैँ अघि नै रेडिएसनको सेवा दिने गरी तीव्ररुपमा काम भइरहेको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालले इन्स्टिच्युटमा अत्याधुनिक प्रविधिका उपकरण जडान गरिएको जानकारी दिनुभयो ।