पोलिट्व्युरोमा अध्यक्ष पुष्पकमल दाहाल र ‘प्रचण्ड’की छोरी रेनु दाहालसहित चितवनबाट ६ जना सदस्य

चितवन, असार २३

नेकपा (माओवादी केन्द्र) को पोलिट्ब्युरोमा चितवनबाट भरतपुर महानगरकी मेयर रेनु दाहालसहित पाँच जना पोलिटव्युरो सदस्य बनेका छन् ।

माओवादीको जारी केन्द्रीय कमिटी बैठकले चितवनबाट पाँच सहित १२५ सदस्यीय पोलिट्ब्युरो गठन गरेको हो ।

पोलिट्व्युरोमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेनु दाहालसहित चितवनबाट माओवादी नेताहरु नारायण दाहाल, सूर्य सुवेदी ‘पथिक’, ईश्वरी भट्टराई र सन्तु दराई रहेका छन् । त्यस्तै पोलिटव्युरो सदस्यमा बुहारी बिना मगरको नाम समेत समेटिएको छ । बैठकमा अध्यक्ष प्रचण्डले उनीहरुको नाम पढेर सुनाएका थिए । बैठकले अध्यक्ष प्रचण्डको प्रस्ताव अनुमोदन गरेको हो ।

पार्टी अध्यक्ष प्रचण्ड पनि चितवन जिल्लाकै हुन् । प्रचण्डसहित चितवनमा माओवादीको पोलिट्ब्युरो सदस्य ६ जना हुन्छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु