धनगढी, असार २०
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर विनोद शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै स्थानीयबासिन्दा आन्दोलित भएका छन् ।
उनीहरुले नाराबाजीसहित जिल्ला सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न खोज्दा अछाम सदरमुकाम मंगलसेनमा तनाव भएको छ ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्दै केही राउण्ड हवाइ फायर समेत गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० नारायण डाँगीले अभियुक्तलाई अदालत पेश गर्ने तयारी भइरहेका बेला नाराबाजी गर्दै स्थानीयबासिन्दाले सरकारी वकिलको कार्यालय र जिल्ला अदालत घेराउ गर्न खोजेपछि बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिइएको बताए ।
‘उहाँहरुले सम्मानित अदालत र सरकारी वकिल कार्यालय घेराउ गर्न खोजेपछि तनाव सिर्जना भएको हो,’ डाँगीले भने, ‘हामीले स्थिती नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास र हवाइ फायर गरेका छौँ ।’
त्यसक्रममा केही घाइते भएका छन् ।
पीडित पक्षले सरकारी वकिल कौशल ढुङ्गानाले मुद्दा अदालतसम्म नपुयाउन दबाब दिएको आरोप लगाएको छ । तर ढुङ्गानाले आरोप अस्वीकार गरेका छन् । गत जेठमा घरबाट हराएको ५ दिन पछि शाही नजिकै मृत फेला परेका थिए ।
शाहीको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले मेयर अम्बिका चलाउनेसहित ७ जनालाई पक्राउ गरेको छ ।