चितवन, असार ११

चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि बजेट, निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार आयोजित एघारौं नगर सभमा मेयर शशीकुमार खनियाले नीति तथा कार्यक्रम र उपमेयर कविता उप्रेतीले बजेट प्रस्तुत गरेकी थिइन् ।

यस नगरपालिकाले आगामी वर्षका लागि एक अर्ब एक करोड १२ लाख ५१ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । प्रस्तुत बजेटमा आन्तरिक आम्दानी १५ करोड ८ लाख संकलन हुने अनुमान छ । त्यस्तै जिल्ला समन्वय समितिबाट प्राप्त हुने सहयोग ५० लाख,संघीय सरकार सशर्त अनुदान ४ करोड ,संघीय सरकार समानिकरण अनुदान १८ करोड १८ लाख,संघीय सरकारबाट वाँडफाँड भई प्राप्त हुन आउने ११ करोड ५७ लाख,संघीय सरकार समपुरक अनुदान १ करोड २० लाख,संघकै विषेश अनुदान ३ करोड ५८ लाख आउनु अनुमान छ ।

त्यस्तै प्रदेश सरकार सशर्त अनुदान २ करोड ४२ लाख,प्रदेश सरकार समानिकरण अनुदान १ करोड ७८ लाख,प्रदेश सरकारबाट वाँडफाँड भई आउने सवारी साधन कर ६ करोड ९४ लाख,प्रदेश सरकार विषेश अनुदान ६५ लाख,प्रदेश सरकार समपुरक अनुदान १ करोड ६२ लाख,सडक वोर्ड नेपालबाट प्राप्त हुने अनुदान ५० लाख र भारतीय दुतावासबाट प्राप्त हुने अनुदान ३ करोड ४ लाख बजेटमा समावेश गरिएको नगर उपप्रमुख उप्रेतीले बताइन् ।

नगरपालिकाले आगामी वर्षका लागि ५ वटा नगर गौरव आयोजनाका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ । उपप्रमुख उप्रेतीका अनुसार नगरपालिका गेटदेखी चैनपुर चोक सम्म दुर्व तर्फ अपांगमैत्री बाटो,मगनीचोक देखी उत्तर दक्षिण दुवै तर्फ पाँच,पाँच सय मिटर अपांगमैत्री बाटो,चैनपुर चोकदेखी उत्तर तर्फ लदरी पुल सम्म अपांगमैत्री बाटो,डिज्नी पार्क नजिक पम्फापुलदेखी बाबा ग्याँस सम्म खोलाको दुवै तर्फ बाटो सहितको ड्याक निर्माण र वडा नम्वर ५ र ७ को वडा कार्यालय भवन तथा अन्य वडा भवन मर्मतलाई नगर गौरव आयोजनामा समावेश गरिएको छ ।

नगर सभामा नगर प्रमुख शशिकुमार खनियाले आगामी वर्षका लागि निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कृषि,पशुपालन, उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता राखेर कार्यक्रम संचालन गरिने नगर प्रमुख खनियाँले बताए ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु