चितवनमा बाघको आक्रमणबाट महिलाको मृत्यु

चितवन, असार २

चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी एक युवतीको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की पूर्व म्यादी प्रहरीसमेत रहेकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको थियो ।

उनको व्यपत्ता बनाएको स्थानबाट ३ सय मिटर पश्चिममा बाघले खाइरहेको अवस्थामा नेपाली सेनाले फेला परेको छ । बाघ धपाउन सेनाले पाँच राउण्ड हवाई फायरगर्नु परेको थियो । युवतीको टाउको र छातीको भाग बाघले खाइसकेको शवको मुचुल्का उठाइसकेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय चितवनमा दिनहु झै बाघबाट आक्रमण भै रहेको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु