जिसस चितवनको प्रमुखमा एमालेका अधिकारी विजयी

चितवन, ३१ जेठ

जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा नेकपा एमालेका नारायण अधिकारी निर्वाचित भएका छन् ।
सत्ता गठबन्धन र एमालेबीच भएको निर्वाचनमा बराबर ७/७ मत आएपछि गरिएको गोलाप्रथाबाट एमालेका अधिकारी विजयी भएका हुन् । गठबन्धनबाट जिसस प्रमुखमा पूर्णबहादुर रानाभाट उम्मेदवार रहेका थिए ।

एमालेले उपप्रमुखमा उम्मेदवारी नदिँदा गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार कल्पना काफ्ले सापकोटा उपप्रमुख निर्विरोध निर्वाचित भएकी थिइन् ।

जिल्लाका सात पालिकामा एमाले एक्लैले मेयर र उपमेयरसहित ७ पदमा जित हात पारेको थियो भने माओवादीले भरतपुर महानगरपालिका, समाजवादीले राप्ती नगरपालिका र कांग्रेसले माडीमा उपमेयर, खैरहनी, रत्ननगरमा मेयर तथा राप्तीमा उपमेयर जितेको थियो ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु