चितवन, जेठ २८
गृहमन्त्री बालकृष्ण खाँडले नारायणगढ–मुग्लिन–काठमाडौं सडक खण्ड अवरोध हुन नदिन सबै सरकारी निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ ।
आज (शनिवार) चितवनको कुरिनटारस्थित शशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम शिक्षालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँडले काठमाडौं जोड्ने लाइफलाइनको रुपमा रहेको सडकखण्ड लामो समय अवरोध नहुने वातावरण सृजना गर्न निर्देशन दिनुभएको हो ।
उहाँले पोखरादेखि मुग्लिन र नारायणगढदेखि मुग्लिन हुँदै काठमाडौं जाने सडकको सहज व्यवस्थापनका लागि सबै जिल्लाका सिडियोहरुले समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो । ‘यो सडकखण्डमा बर्षेनी पहिरो जाने र नागरिकको जिउ धनको क्षति हुने गरेको छ,यसले सडक सञ्जालमा गम्भिर अवरोध पु¥याउने गरेको छ, उहाँले भन्नुभयो’,तपाईहरु जिल्ला प्रमुख,सुरक्षा निकाय र सडक विभाग मिलेर व्यवस्थापनको काम गर्नुहोस्् ।’ उहाँले आवश्यक उपकरण, जनशक्ति र बजेको समेत व्यवस्था गर्न जिल्ला प्रमुखहरुलाई निर्देशन दिनुभयो ।
गृहमन्त्री खाँडले सडक निर्माण गर्दै दिर्घकालिन रुपमा सोचेर काम नगर्दा समस्या आउने गरेको बताउनुभयो । ‘मुग्लिन नारायणगढ सडकखण्डमा नदीको दुवै तर्फ सडक निर्माण गर्नुपर्छ जसले गर्दा पहाड कम कटान हुने र क्षति पनि कम हुन्छ । थोरै पहाड काटेर पनि सडक निर्माण गर्न सकिने उपाय हुँदाहुँदै अस्तव्यस्त तरिकाले काम गर्न हुँदैन, उहाँले भन्नुभयो ।