चितवनको माडीमा विवाद, मत गणना स्थगित

चितवन,जेठ १

चितवनको माडीमा स्थानीय तहको निर्वाचनको मत गणनाका क्रममा विवाद भएको छ । वडा नम्वर २ को मत गणनामा धाँधली भएको भन्दै राप्रपाले विरोध जनाएको छ । ८२ मत अन्तरले विजयी भएको भन्दै माओवादी केन्द्रले विजयी जुलुस निकाल्ने तयारी गरिरहेका वेला राप्रपाले पुनः मतगणना हुनुपर्नै माग राख्दै विरोध गरेको छ ।

राप्रपाका वडाअध्यक्षका उम्मेदवार विजय कुमार गुरुङले मतपेटिका शिलबन्दी नगरिएको भेटिएको र आफुहरुले मतदान गरेको मत नम्वरहरु समेत गायव पारिएको दाबी गर्नुभयो । उहाँले पुनः मत गणना नभएसम्म आफुहरुले परिणाम स्वीकार नगर्ने बताउनुभयो ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु