भक्तपुरमा घाँटी रेटिएको अवस्थामा महिला भेटिइन्

फागुन २४ भक्तपुर। भक्तपुरमा घाँटी रेटिएको अवस्थामा महिला भेटिएको छ।

प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका ७ बागरेस्थित खेतको टहरामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या गरिएको हो।अन्दाजी ३५/४० वर्षकी महिलाको पहिचान भइनसकेको प्रहरीले जनाएको छ।

स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको भक्तपुरका प्रहरीले जानकारी दिए। महिलाको शव जस्ताले बारेको मान्छे नबस्ने टहरामा घाँटी रेटिएको अवस्थामा भेटिएको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले जानकारी दिए।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु