चितवनको खैरहनीमा ५९ जना थारुको प्रतिस्पर्धा, धेरै उम्मेदवार एमालेबाट

कारी महतो, चितवन, वैशाख २३ ।

थारु समुदायको बाहुल्यता रहेको चितवनको खैरहनी नगरपालिकाको वैशाख ३० गते हुने स्थानीय चुनावमा विभिन्न दलहरुले कुल ५९ जना थारु समुदायका उम्मेदवार उठाएका छन् ।

नेकपा एमालेको सबैभन्दा धेरै थारु उम्मेदवार रहेका छन् । नगरप्रमुखसहित १९ जनाले थारुले एमालेको तर्फबाट उम्मेदवारी दिएका छन् । लालमणि चौधरीले नगरप्रमुख पदमा दोश्रो कार्यकालको लागि उम्मेदवारी दिएका छन् भने ५ जनाले वडाअध्यक्षमा र १३ जनाले वडासदस्यमा उम्मेदवारी दिएका छन् । वडा नं. ७ मा मनेजर महतो वडा नं. ८ मा शान्ति कुमारी चौधरी वडा नं ९ मा बन्धुराम चौधरी वडा नं. १० मा कारीराम चौधरी र वडा नं. १२ मा कृष्णलाल चौधरीले एमालेको तर्फबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

नेपाली काँग्रेसले २ जना वडा अध्यक्ष र १३ जना वडासदस्य गरी १५ जना थारु उम्मेदवार उठाएका छन् । वडा नं. ७ मा किरण चौधरी र वडा नं. १० मा चन्द्र विक्रम चौधरीले नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ जना वडाअध्यक्ष र ५ जना वडासदस्य पदमा उम्मेदवार उठाएका छन् । वडा नं. ५ बाट देवेन्द्र चौधरी, वडा नं. ६ बाट यसरमिया चौधरी, वडा नं. ७ बाट गीता चौधरी, वडा नं. ९ बाट सुशील कुमार चौधरी र वडा नं. १३ बाट भोला प्रसाद चौधरीले उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्रले एक जना वडाअध्यक्ष र ६ जना वडासदस्य गरी ७ जनालाई बनाएका छन् । वडा नं. १० मा रामेश्वर चौधरीले माओवादी केन्द्रको तर्फबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

नेकपा एकीकृत समाजवादीले ५ जनालाई वडासदस्य पदमा उठाएका छन् । त्यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एकजनाले वडाअध्यक्षमा उम्मेदवारी दिएका छन् । रिखीराम चौधरीले वडा नं.१० को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

स्वतन्त्रबाट एक जनाले वडासदस्य पदमा उम्मेदवार दिएका छन् छन् । उपप्रमुख पदमा रामेश्वर प्रसाद चौधरीले स्वतन्त्र उम्मेदवार दिएका छन् । पछिल्लो समयमा उनले गठबन्धनको उम्मेदवारलाई समर्थन जनाएका छन् ।

खैरहनी नगरपालिकामा १३ वडाहरु रहेका छन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु