फाल्गुन २६ चितवन । पेट्रोलियम पदार्थको मुल्यमा भएको वृद्दिको बिरोध गर्दै आन्दोलनको घोषणा गरेका ट्रक ब्यवसायीले जिल्ला प्रशासन कार्यालय चितवनमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
सरकारले पटक पटक पेटोलियम पदार्थको मुल्य बृद्धि गरेको तर विगत ६ वर्ष देखी ढुवानी भाडा नबढाएको भन्दै उनिहरुले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापन पत्र बुझाएका हुन् । धादिङका व्यवसायी मनोज केसीको नेतृत्वमा १०० बढी व्यवसायीहरु रामनगरमा जम्मा भएर आन्दोलनका कार्यक्रम घोषण गरी प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका हुन् । यहि फाल्गुन २१ गते पहिलो चरणको आदोलन थालेको र यहि २८ गते भित्र आफुहरुको माग सम्बोधन नभए २९ गते देखी देशैभरीका व्यवसायीले आफनो ट्रक घरमै थन्काएर अनिश्चितकाल सम्म आन्दोलन गर्ने व्यवसायी केसीले बताए ।ज्ञापन पत्र बुझदै चितवनका प्रमुख जिल्ला अधिकारी तामाङले व्यवसायीका समस्या सम्बोधनमा आफुहरुले पहल गर्ने र ज्ञापन पत्र गृह मन्त्रालयमा पठाउने बताए ।
प्रकाश सिग्देल