चितवन, वैशाख १४
चितवनको भरतपुरमा ट्रिपर, बस र कार एक आपसमा ठक्कर खादा २७ जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको भतेरी जंगलमा दुर्घटना भएको हो ।
नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना ७ ख २३०० नम्बरको ट्रिपर पोखराबाट नारायणगढतर्फ आइरहेको ग १ ख ९३०३ नम्बरको यात्रु बाहक बस र बा ०६८४ नम्बरको कार एक आपसमा ठोक्किँदा २७ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ । घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।