चैत्र २९ जनकपुरधाम । जनकपुरधामबाट दुई युवा अटोमेटिक पेस्तोलसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडानम्बर–९ घर भई जनकपुरधाम–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिस्वा नगरपालिका–१ घर भई जनकपुरधाम ८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेककुमार सिंह रहेका छन् ।
गोप्य सूचनाको आधारमा ज ७ प ७९३२ नम्बरको मोटरसाइकलमा सवार दुवैजनालाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१० स्थित प्रादेशिक अस्पताल अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले ईन्द्रेशको बायाँ कम्मरमा पाइन्टको पेटीभित्र लुकाई राखेको अवस्थामा पेस्तोल बरामद गरेको हो ।उक्त पेस्तोल सम्बन्धमा सोधपुछ गर्दा दुबैजनाको संलग्नता रहेको बताएपछि दुवैजनालाई नियन्त्रणमा लिई हातहतियार खरखजना मुद्दा शिर्षकमा १० दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।