भारतबाट पेट्रोलको मूल्य ४ रुपैयाँ घटेर आयो

बैशाख ५ काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले अप्रिल १६ मा पठाएको मूल्यसूचीमा पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ ।

डिजेल र हवाई इन्धनको मूल्य भने बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ।आयल निगमका अनुसार डिजेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा ३८ पैसा बढेको छ। यही मूल्यअनुसार सोमबार बेलुकासम्म मूल्य समायोजन गर्ने निगमले जानकारी दिएको छ।

यसअघि १ अप्रिलमा आईओसीले नयाँ मूल्य सूची पठाएको थियो।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु