सिरहामा सामुदायीक वनका अध्यक्ष अवैध काठसहित पक्राउ

चैत २९ सिरहा । सिरहामा सामुदायीक वनका अध्यक्ष अवैध काठसहित पक्राउ परेका छन्।

सशस्त्र प्रहरीले मिर्चैया नगरपालिका ७ स्थित हरियोडाँडा सामुदायिक वनका अध्यक्ष टिकाराम पोखरेललाई लाखौं मूल्यको अवैध काठसहित पक्राउ गरेको हो।खयरसहित विभिन्न जातका अवैध काठ लोड गरिएको ट्रयाक्टरसहित पोखरेललाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल मिर्चैया बेस क्याम्पले जनाएको छ।

स १ त ३६०७ को ट्रयाक्टर आफैँले चलाएर काठ लिएर मिर्चैया बजारतिर आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।पोखरेललाई आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय लहानलाई बुझाइएको प्रहरीले जनाएको छ।

डिभिन वन कर्यालय लहानका प्रमुख गंगाप्रसाद यादवले पोखरेललाई म्याद थपको लागि जिल्ला अदालत सिरहा लैजाने तयारी भइरहेको जानकारी दिए।

स्रोतका अनुसार पोखरेल एमालेका स्थानीय नेतासमेत हुन्। उनलाई छुटाउन पार्टीका जिल्ला तहका ठूलै नेताहरु लागेका वन कार्यालय स्रोतले जनाएको छ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु