चैत २६ चितवन । पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरी लगेको हो । उनको शव ११ः २० बजे जितपुरघाटमा भेटिएको हो ।
बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।