चितवनमा नालीमा लत्रिएको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु

चैत २० चितवन । चितवनमा नालीमा लत्रिएको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक छेउको नाली सफा गर्ने क्रममा चुँडिएर नालीमा लत्रिएको तारबाट एक्कासी करेन्ट लाग्न गई उनको मृत्यु भएको हो ।

आँपटारीस्थत राजमार्गमा सडक विभागमा काम गर्ने तनहुँ जिल्लाका देवघाट गाउँपालिका वडा नं.५ का ५५ वर्षिय भीमबहादुर मगरको मृत्यु भएको हो ।मृतक मगरको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल राखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु