चितवनमा अनुदानको मल कोटा प्रणालीमा वितरण

भरतपुर, असार ७

चितवनमा अनुदानको मल कोटा प्रणालीमा वितरण गर्न सुरू भएको छ । सोमबारदेखि कृषि सामग्री कम्पनी चितवन शाखाले अनुदानको डिएपी मल वितरण गर्न सुरू गरेको हो । यतिबेला कृषि सामग्रीसँग युरिया र पोटास मल एक दाना पनि छैन ।

चितवनका सातै पालिकाका बिक्री केन्द्रहरु ९एग्रोभेट र सहकारी०मा थोरै परिमाणमा भए पनि अनुदानको मल पु¥याउने गरी वितरण सुरू गरेको कृषि सामग्री कम्पनी चितवन शाखाका प्रबन्धक राजन बगालेले बताए । उनले भने, ‘मल आएको होइन, भएको स्टकमा रहेको मलमात्रै धेरथोर परिमाणमा वितरण सुरू गरेका हौँ ।’

उनले कोटा प्रणालीमा वितरण गरेको मल शुक्रबारसम्म सकिने बताए । उनले भने, ‘रोपाइँको बेला किसानलाई केही राहत हुन्छ भनेर हिजोको दिनमा स्टकमा राखेको मल दिएका हौँ, तर मल आएको छैन ।’ उनले सरकारले असार मसान्तसम्म मल आउने जनाएको बताए ।

चितवनमा असार लागेसँगै चितवनमा रोपाइँ सुरू भइसकेको छ । राप्ती र खैरहनीका घोलहरुमा रोपाइँ सुरू भएको कृषि ज्ञान केन्द्र प्रमुख युवराज पाण्डेले बताए । उनका अनुसार पानी पर्न थालेसँगै राप्ती र खैरहनीमा रोपाइँ हुन थालेको छ । रोपाइँ चाँडै हुने क्षेत्रहरुलाई मध्यनजर गर्दै अनुदानको मल वितरण सुरू गरिएको हो ।

कम्पनीका प्रमुख बगालेले ‘कृषि सामग्रीसँग स्टकमा २९० टन डिएपी मल छ, त्यही मल चितवनका सातै पालिकामा वितरण गर्ने हो ।’ उनले कम्पनीमा पोटास र युरिया मल नभएको बताए । वितरण गर्ने भनिएको मल डिएपी हो ।

उनले थपे, ‘ढिलोमा असार १५ सम्ममा थप मल आउने जानकारी कृषि मन्त्रालयले हामीलाई दिएको छ । आशा गरौँ, स्टक मल वितरण भएको केही दिनमै थप मल आओस् र किसानलाई वितरण गर्न पाइयोस् ।’

चितवनमा रहेका २२५ भन्दा बढी मल बिक्री केन्द्रमा मल वितरण गर्ने कृषि सामग्री कम्पनीले जनाएको छ । बिक्री कक्षहरुमा कृषि सामग्री कम्पनीबाट गत भदौदेखि पोटास, गत माघदेखि युरिया, गत मंसिरदेखि डिएपी मल गएको छैन । किसानहरुले अनुदानको मल नपाएपछि महँगोमा निजी कम्पनीको मल सहकारीबाट किनिरहेका छन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु