झापामा मर्निङ वाकमा हिंडेका शिक्षकको पिकअप भ्यानको ठक्करबाट मृत्यु

चैत १९ झापा । झापामा पिकअप भ्यानको ठक्करबाट आज (शनिबार) बिहान एक शिक्षकको मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिका पुष्पलाल चोक नजिकै सडकमा मर्निङवाक गरिरहेका अर्जुनधारा-६ बस्ने ५३ वर्षीय कृष्णप्रसाद निरौलाको सवारीको ठक्करका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।बिहान ५ः१५ बजे प्र १-०१-००१ च ५१०७ नम्बरको पिकअप भ्यानले उनलाई ठक्कर दिएको थियो । निरौला दुर्गा माध्यमिक विद्यालय गरामनीका शिक्षक हुन् ।

उनीसँगै मर्निङ वाकमा हिंडेका बिर्तामोड-५ बस्ने ४५ वर्षका अर्जुन उप्रेती घाइते भएका छन् । उनलाई उपचारका लागि बी एन्डी सी अस्पताल लगिएको छ ।

 

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु