ललितपुरको नख्खु खोलामा पुरुषको बेवारिसे शव फेला

चैत १८ ललितपुर । ललितपुरको गोदावरी नगरपालिका-१२ स्थित नख्खु खोलामा एक पुरुषको बेवारिसे शव फेला परेको छ।

बिहीबार बिहान नाम, थर र ठेगाना नखुलेका व्यक्तिको शव फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।करिब ५५ वर्षको जस्तो देखिने ती पुरुषको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको छ।

शवको सनाखतको लागि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

Share:

सम्बन्धित समाचारहरु