चैत १८ सप्तरी । सप्तरीमा विद्युत कार्यालयको बोलेरोलाई टिपरले ठक्कर दिँदा चालकको मृत्यु एक जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।
दुर्घटनामा बोलेराका चालक सप्तरी बोदेबर्साइन नगरपालिका ५ का २६ वर्षीय शिवराज यादवको मृत्यु भएको हो। प्रहरीका अनुसार बिहीबार अपराह्न साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका ५ रञ्जितपुरमा पूर्व जाँदै गरेको विद्युत् कार्यालय(बोदेबर्साइन, सप्तरी) को प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई पछाडिबाट ना ७ ख २६५८ नम्बरको टिपरले ठक्कर दिएको हो।
दुर्घटनामा बोदेबर्साइन नगरपालिका १० का ३० वर्षीय शैलेश यादव, वर्ष ३० का महेश चौधरी, वडा नं. ५ बस्ने वर्ष २६ का वृजेशकुमार यादव, वर्ष ३० का जय शंकर साह र सिरहा लहान नगरपालिका ८ बस्ने वर्ष ३५ को अरुणकुमार सिहं घाइते भएका हुन्।
शव पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।