चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङको कहालिलाग्दो अवस्थाबाट मुक्त भएको बताएका छन ।
राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्दै उनले अब नेपाली जनताको जिविकोपार्जन नै बिजुली हुने बताए ।नेपालको अपार जलस्रोतको भण्डारलाई उर्जा उत्पादनको क्षेत्रमा क्रान्तिकारी छलाङ मारिरहेको र यसलाई सरकारले उर्जाखानिको रूपमा विकास गर्नुपर्ने बताए ।
उनले अधाहा उर्जा उत्पादन यसको बजारीकरण र विश्वबजारमा बिजुली बेचेर आर्थिक क्रान्ति गर्दै समृद्दीको यात्रा तय गर्नुपर्ने बताए ।चितवनमा अबको ५० बर्षलाई धान्नेगरी ठूला ठूला भौतिक पूर्बाधारको योजना बनाउन मन्त्री तथा प्राधिकरणका कार्यकारी निर्देशकलाई उनले आग्रह गरे ।
सो अवसरमा प्रचण्डले चितवन, मकवानपुर र नवलपुरलाई एकिकृत गरी विकास प्राधिकरण निर्माण गरी यस क्षेत्रको बृहत्तर विकास गर्ने योजनाका साथ आफू अगाडी बढिरहेको समेत बताए ।विकासमा सबैको समान चिन्ता र चासो हुनुपर्ने बताउदैँ उनले सबैको सामुहिक प्रयासले मात्र उपलब्धी हाँसिल हुने बताए ।
कार्यक्रममा बोल्दै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूसालले माओवादी पार्टीको निर्देशनमा २६ हजार न्यून बिधुत खपत गर्ने उपभोक्ता हरूलाई सरकारले निशुल्क बिजुली उपलब्ध गराएको बताईन । कृषी प्रयोजनकालागी खपत हुने बिधुतमा ५० प्रतिसत छुट दिने कामपनि आफैले गरेको भन्दै बिधुत महसुल कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयले प्रयत्न गरिरहेको बताईन् ।
उनले पेट्रोलियम पदार्थको खपत धटाई बिधुतिय सामाग्री तथा बिधुतिय सवारी साधनमा आकर्सण बढाउन सरकारले काम गरिरहेको बताईन । उनले भनिन् , यस शब स्टेसन संचालन संगै गुणस्तरिय बिधुत सेवा प्रवाह गर्न सफलता मिलोस ् ।
कार्यक्रममा नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक तथा कार्यक्रमका अघ्यक्ष कुलमान घिसिङले नेपाल बिधुत प्राधिकरणले ५० बर्षे कार्ययोजना बनाई काम अगाडी बढाईएको बताउँदै पूर्बाधार निर्माणमा सबैले सहयोग गर्न आग्रह गरे ।