विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण,खेलाडिलाई सम्मान

रत्ननगर,७ पौष । पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १५ मा अवस्थित विन्देश्वरी आधारभुत विद्यालयका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । शनिवार विन्देश्वरी टोल विकास संस्थाले न्यानो कपडा  वितरण गरेको हो । टोल विकास संस्थाका अध्यक्ष ज्ञान बहादुर थिङ्गले विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका थिए।

विन्देश्वरी टोल विकास संस्थाले देउसी भैलोबाट संकलित रकमबाट विद्यालयमा आश्रीत सिमान्तकृत चेपाङ्ग समुदायका १२० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो। त्यस्तै,संस्थाले देउसी भैलो बाट संकलित रकम वाट नै टोलका मुख्य चोकहरुमा भ्यापर लाईट राख्नुका साथै टोलमा रहेका बत्तिका पोलहरुमा संस्थाको नाम समेत लेखेको छ।

वडाध्यक्ष्य आसिक तामाङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विन्देश्वरी टोल विकास संस्थाका अध्यक्ष टोल अध्यक्ष ज्ञानबहादुर थिङ्ग सभाध्यक्ष रहेका थिए। वडाध्यक्ष तामाङले विपन्न विद्यार्थीहरुलाई जाडोको समयमा न्यानो कपडा वितरण गर्दा उनीहरुले न्यानो महसुस गरेको बताए । उनले भने, ‘आगामी दिनमा पनि विपन्न विद्यार्थीको हकमा वडा कार्यालयले विभिन्न कार्यक्रमहरु ल्याउनेछ ।’

कार्यक्रममा विशिष्ट अतिथि वडा सचिव सुर्यप्रसाद ढुंगाना विव्यस अध्यक्ष पुरुषोतम कट्टेललगायतले मन्तव्य दिएका थिए । वडा सदस्य शिवप्रसाद तिवारी, ईमप्रसाद पन्त, लिला देबी पोख्रेल, हिमचुली टोल विकास संस्थाका अध्यक्ष बाबुराम ढकाल,दिग्दर्शन टोलका अध्यक्ष ईश्वरी नेपाल, राम जानकी टोल बिकास संस्थाका अध्यक्ष योगेन्द्र लामिछाने, इन्द्रेणी कृषक समूहका अध्यक्ष आइतराम स्याङ्तान, विव्यस सदस्य कोपिला पौडेल, प्रधानाध्यापक हरिप्रसाद खनाललगायत अतिथिको रुपमा रहेका थिए।

संस्थाका उपाध्यक्ष भोजराज रेग्मीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम दिपक भट्टराईले संचालन गरेका थिए । सोही कार्यक्रममा विन्देश्वरी टोल विकास संस्थाका खेलाडिहरुलाई सम्मान समेत गरिएको छ। टोल स्तरिय माधवपुर नक आउट फुटबल प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्न सफल खेलाडिहरुलाई कार्यक्रममा सम्मान गरिएको हो।

 

–00–

Share:

सम्बन्धित समाचारहरु