चैत १३ काठमाण्डौ । आज विश्व रंगमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । समाजका विकृति-विसंगतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।
पछिल्लो समय नेपालमा पछिल्लो रंगमञ्चप्रतिको आकर्षण बढ्दै गएको पाइएको छ । सन् १९६१ मा अन्तर्राष्ट्रिय रंगमञ्च इन्स्टिच्यूटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ मा विश्व रंगमञ्च दिवस मनाउन थालिएको हो ।
सन् १९६२ मा पहिलो विश्व रंगमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटकार जेन ककटेउले लेखेका थिए ।