लोकसेवाले १६७ वन रक्षक माग्यो ,कक्षा ८ उत्तीर्णलाई अवसर

चैत ९ काठमाडौँ । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले वन रक्षक पदमा दरखास्त आह्वान गरेको छ।

सुदूरपश्चिम प्रदेश, उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट माग भई आएअनुसार आयोगले १६७ पदमा खुला तथा समावेशी कोटामा दरखास्त आह्वान गरेको हो।

आयोगले खुलातर्फ ९२, महिला २५, आदिवासीरजनजाति २०, मधेसी १६, दलित ७, अपांग ४ र पिछडिएको क्षेत्रबाट ३ गरी १६७ कोटा छुट्याएको छ।

योग्यता पुगेका नेपाली नागरिकले चैत २९ सम्म नियमित र दोब्बर दस्तुरमा वैशाख ६ गतेसम्म अनलाइनमार्फत् आवेदन दिन पाउनेछन्। कक्षा ८ उत्तीर्ण भई शारीरिक तन्दुरुस्ती भएका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहले दरखास्त दिन पाउने सूचनामा उल्लेख छ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु