चैत ८ बुटवल । कपिलवस्तुमा रोलरको ठक्करबाट सुपरभाइजरको मृत्यु भएको छ।
महाराजगञ्ज–२ स्थित तौलिहवा बहादुरगञ्ज हुलाकी सडक गैडहवा नजिक मंगलबार बिहान रोलरको ठक्करबाट सडक विभागका सुपरभाइजर कपिलवस्तु– ४ पण्डितडिहवाका बसन्त कुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।
प्रहरीका अनुसार ग २ क ४३३९ नम्बरको रोलरले रोड बनाउने क्रममा ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको हो।
मृतकका भाइ लोकनाथ यादवले सडकका कर्मचारीबीच पहिलेदेखि विवाद रहेको हुँदा रिसइवीले रोलरले ठक्कर दिएको आरोप लगाए।
मृतकका आफन्तहरु अहिले कपिलवस्तु सामुदायिक अस्पतालमा जम्मा भएका छन्।