चैत्र २४ चितवन । चितवनको रत्ननगर नगरपालिका–१० मा बुधबार राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
गए राति करिब ९:५० बजेको समयमा सवार वाग्मती प्रदेश ०३–०२प ३१४८ नम्बरको स्कुटर पल्टिदा गम्भीर घाइते भएका रत्ननगर नगरपालिका वडा नम्बर ५ झुवानीका ४० वर्षीय मलाहा महतोको उपचारका क्रममा भरतपुर अस्पतालमा बुधबार राति सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।