मोरङमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा दुई किशोरको मृत्यु

चैत ५ मोरङ । होलीमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा मोरङमा दुई किशोरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार साँझ को २५ प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको कटहरी गाउँपालिका-५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका-१ का १८ वर्षीय रिसभ चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते उनीहरुको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय मोरङले जानकारी दिए।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु