श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

चैत ४ झापा । झापाको बिर्तामोड नगरपालिका- ५ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ।

घटनामा संलग्न बिर्तामोड- ५ का ४० वर्षीय कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार राति राउतले घरायसी विवाद हुँदा आफ्नै श्रीमती ३९ वर्षीया खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए। श्रीमानको कुटाईबाट घाइते भएकी खेमजुङको कन्काई अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात थप उपचारको लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो।

उक्त अस्पतालमा उपचार हुन नसकी आफन्तले बिर्तामोडस्थित माइती घर ल्याएकोमा उनको बिहीबार राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु