फागुन ३० रामेछाप । रामेछापमा आगलागीमा परेर अपाङ्गता भएकी एक किशोरीको ज्यान गएको छ ।
रामेछापको उमाकुण्ड गाउँपालिका-६ गुप्तेश्वर बस्ने १८ वर्षकी मिनकुमारी मगरको ज्यान गएको प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार थिङले जानकारी दिनुभयो ।
उहाँकाअनुसार अस्ति दिउँसो मगर गोठमा एक्लै रहेका बेला आगलागी भएको थियो । आमा चन्द्रकुमारी मगर बाख्रालाई खोले बसालेर खेतबारीमा काम गर्न गएका बेला गोठमा आगो सल्किएको डीएसपी राजकुमार थिङले जानकारी दिनुभयो ।
ज्यान गुमाएकी मगर हिँडडुल गर्न र बोल्नसमेत नसक्ने हुनुहुन्थ्यो । आगलागीबाट गोठ पूरै जलेको प्रहरीले जनाएको छ ।