बुर्केसल्ला जङ्गलमा ठूलो संख्यामा सकेट बम फेला : निस्क्रिय बनाउने तयारी

फागुन २७ रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका-२ प्वाङको बुर्केसल्ला जङ्गलमा ठूलो संख्यामा सकेट बम फेला परेको छ ।

कालो प्लाष्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा सकेट बम फेला परेको हो । हिजो (बिहीबार) दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयले शंकास्पद वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएको वडाध्यक्ष जीवन केसीले बताएका छन् ।वडाले इलाका प्रहरी कार्यालय प्वाङमा खबर गरेपछि टोली खटिएको थियो । जङ्गलमा रहेको ओढारमा ड्रमभित्र राखेको वस्तु सकेट बम रहेको प्रहरीले जनाएको छ । बमको संख्या यकिन नभए पनि दर्जन भन्दा धेरै नै रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।

सकेट बम रहेको ठाउँमा निगरानी गरिएको र आज (शुक्रबार) बिहान जिल्ला सदरमुकाम रुकुमकोटबाट नेपाली सेनाको टोली गएर निस्क्रिय (डिस्पोज)गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु