युक्रेनमा बाल अस्पतालमा रुसको आक्रमण

फाल्गुन २६ एजेन्सी । युक्रेनको बन्दरगाह सहर मारिओपोलमा रहेको एउटा बाल अस्पतालमा रुसले हवाई आक्रमण गरेको छ । त्यसबाट १७ जना घाइते भएको युक्रेनका अधिकारीहरुले दाबी गरेका छन् ।

मिडिया रिपोर्टस्का अनुसार रुसी आक्रमणबाट सो अस्पताल पूर्णरुपमा नष्ट भएको छ ।केही घाइतेहरूलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ ।युक्रेनी राष्ट्रपतिले सो अस्पतालको भग्नावशेषमा बालबालिकाहरु दबेको हुनसक्ने बताएका छन् ।

यो आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आक्रोश व्यक्त गर्दै युद्ध अपराधको संज्ञा दिएका छन् । उनले अस्पतालको अवस्थाको भिडियो फुटेज ट्वीट गर्दै रुसको बर्बरताप्रति विश्व कहिलेसम्म चुप लागेर बस्छ भनेर पनि प्रश्न गरेका छन् ।संयुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनले पनि अस्पतालमा गरिएको आक्रमणको निन्दा गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार रुसी सेनाले बालअस्पतालमा थुप्रै बम खसालेका थिए र प्रसूति वार्डलाईसमेत निशाना बनाएका थिए ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु