फागुन २५ नवलपरासी । पश्चिम नवलपरासीको गण्डक नहरमा मृत भेटिएका दुई जना मध्ये एक जनाको पहिचान खुलेको छ ।
जिल्लाको नवलपरासी प्रतापपुर गाउँपालिका – ७ सुर्यपुरास्थित नेपाल गण्डक प्राधिकरण जल विद्युत केन्द्र पावर हाउस नजिकै गण्डक नहरमा सोमबार मृत भेटिएका दुई जनामध्ये एक जना भारतीय नागरिक भएको खुलेको हो ।
उनी भारतको महारागंज सिम्देउरहवा बस्ने बर्ष ४४ को कम्लेश गौड रहेको नवलपपरासी पश्चिमका प्रवक्ता डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । उनका आफन्तको सहयोगमा उनको पहिचान खुलेको शाहीले बताएका छन् । अर्का मृतक अन्दाजी ३० बर्षीय युवकको अझै पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।