फाल्गुन २० काठमाडौँ । सरकारी स्वामित्वको नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। लोकसेवा आयोगको सहमतिमा ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हो।
आयोगले ६२ जना सहायक प्रबन्धक मागेको छ। सहायक पदमा १५० जनाका लागि जागिरको अवसर छ। त्यस्तै कनिष्ठ सहायकमा ९१ जनाका लागि दरखास्त आह्वान भएको छ।बैंकले सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सीए) मा २ र सहायक प्रबन्धक (आइटी) मा ४ जना मागेको छ। सहायक प्रबन्धकका लागि व्यवस्थापन वा अर्थशास्त्र (मानविकी)मा न्यूनतम स्नातकोत्तर हुनुपर्नेछ। सीएका लागि सिए/एसीसीए उत्तीर्ण हुनुपर्नेछ।त्यस्तै आइटीमा दरखास्त दिन सूचना प्रविधिमा बीसीए/बीसीआइकम/बीआइटी/बीआइएम/बीएस्सी हुनुपर्नेछ।
बैंकले सहायक र कनिष्ठ सहायकका लागि प्रदेशगत कोटा छुट्याएको छ। १४८ जना सहायक मागेको बैंकले प्रदेश १ र मधेसमा ३१र३१ जनाका लागि कोटा छुट्याएको छ।बैंकले बागमतीमा ५१, गण्डकीमा १०, लुम्बिनीमा २१ तथा कर्णाली र सुदूरपश्चिममा २र२ जना सहायक मागेको छ। यसका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक उत्तीर्ण हुनुपर्नेछ। सहायक आइटी बागमतीका लागि २ जना माग गरिएको छ।
बैंकले ९१ जना कनिष्ठ सहायक मागेको छ। जसअनुसार प्रदेश १ मा १६, मधेसमा १५, बागमतीमा २७, गण्डकीमा १२, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ५ जना माग गरिएको छ। यसका लागि व्यवस्थापनमा प्रमाणपत्ररप्लस टु उत्तीर्ण हुनुपर्नेछ।
योग्यता पुगेका उम्मेदवारले १० चैतसम्म अनलाइनबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ।