प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल हुँदै

काठमाडौं, ४ जेठ — प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्तावबाहेक) छलफल सुरु हुने कार्यसूची रहेको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नुअघि सरकारले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल अघि बढाउन लागेको हो। उक्त छलफल सम्पन्न भएपछि आगामी जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गरिनेछ।

यसअघि बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरिनेछ। सम्भावित कार्यसूचीअनुसार उक्त प्रस्ताव समिति सभापति गणेश पराजुली ले प्रस्तुत गर्नेछन्।–00–

Share:

सम्बन्धित समाचारहरु