फाल्गुन २० काठमाडौँ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्यमा एकैपटक पाँच रुपैयाँ बढाएको हो।बिहीबार राति १२ बजेबाट बढेको मूल्य लागू हुने निगमले जनाएको छ।
अब बढेको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १५० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाइएको छैन।