बाँकेबाट पाँच जनाको ज्यान लिने नरभक्षी बाघ चितवन ल्याईयो

फाल्गुन १९ चितवन । बाँकेबाट पाँच जनाको ज्यान लिने नरभक्षी बाघ चितवन ल्याइएको छ ।

उक्त बाघलाई आज बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीसहितको टोलीले चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडेको हो ।विशेष हेरबिचार गर्ने डाक्टरसहित बाघलाई कसरामा खोरमा राखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए । बाँकेमा बाघ राख्न ठाउँ नभएकाले चितवन ल्याईएको उनले बताए ।

बाघले पटकपटक स्थानीयलाई आक्रमण गरेपछि बर्दियाबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली, नेपाली सेना, बाँके निकुञ्ज समेतको सहकार्यमा बाघलाई नियन्त्रण लिइएको हो।पछिल्लो समय गत फागुन ८ मा बाघले राप्ती सोनारी ७ का ३० वर्षीय वकिल गद्दीलाई आक्रमण गरेको थियो। साथै फागुन ७ मा राप्ती सोनारी ६ का ६० वर्षका धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको छ।त्यसअघि राप्ती सोनारी ६ फत्तेपुर ६ का २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ की ५३ वर्षीया लीला विष्टको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो।

बाघको आक्रमणबाट राप्ती सोनारी १ गाभर र नरैनापुरमा समेत एकेक जनाको मृत्यु भएको थियो। भदौ अन्तिम यता बाघले बाँकेका राप्ती र नरैनापुरमा गरी ५ जनाको ज्यान लिएको थियो।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु