पाकिस्तानमा विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु, ३३ विद्यार्थी

काठमाडौं । पाकिस्तानको पेशावरस्थित एक निजी विद्यालयको छाना भत्किँदा एक शिक्षकसहित ३४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ।

स्थानीय अधिकारीहरूका अनुसार दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयअनुसार बिहीबार बिहान ८ः४८ बजे घटना भएको हो। दुर्घटनामा ज्यान गुमाउने अधिकांश बालबालिका ६ देखि १२ वर्ष उमेर समूहका रहेका छन्।

घटनापछि प्रहरीले विद्यालयका सञ्चालकलाई पक्राउ गरेको जनाएको छ। उक्त विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालन हुँदै आएको बताइएको छ।

घटनाको कारणबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।

Share:

सम्बन्धित समाचारहरु