रसुवा बाढी : मृत्यु हुनेको संख्या २७० पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं । रसुवा जिल्लामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या २७० पुगेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यका क्रममा विभिन्न जिल्लाबाट हालसम्म २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रसुवाबाट १७ जना, नुवाकोटबाट १२ जना, धादिङबाट २७ जना र चितवनबाट सबैभन्दा धेरै १०८ जनाको शव फेला परेको छ।

त्यसैगरी गोरखाबाट २० जना, तनहुँबाट ९ जना, नवलपरासी (पूर्व) बाट ६२ जना तथा नवलपरासी (पश्चिम) बाट १५ जनाको शव बरामद गरिएको छ। बाढीमा घाइते भएका ६६ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। उपचाररतमध्ये १४ जना स्वास्थ्य लाभपछि डिस्चार्ज भइसकेका छन्।

प्रहरीका अनुसार उद्धार तथा खोजी कार्य जारी रहे पनि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी कार्य तीव्र रूपमा सञ्चालन भइरहेको बताइएको छ।

Share:

सम्बन्धित समाचारहरु