देउवाको ‘म हिन्दु हुँ’ अभिव्यक्तिले नयाँ राजनीतिक सन्देश

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापनमा निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दु भएको स्पष्ट रूपमा दोहोर्‍याएपछि उनको अभिव्यक्तिलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

झण्डै पाँच महिनापछि स्वदेश फर्किएका देउवाले समापन समारोहमा “म हिन्दु हुँ” भन्दै आफ्नो ब्रतबन्ध, विवाह, मन्दिर दर्शन र पशुपतिनाथ पूजाको प्रसंग उल्लेख गरेका थिए।

नेपालमा हिन्दु राष्ट्रको पक्षमा दबाब बढिरहेका बेला देउवाको यो अभिव्यक्तिलाई कांग्रेसभित्र धार्मिक एजेन्डाबारे नयाँ संकेतका रूपमा हेरिएको छ। हिन्दु राष्ट्रको पक्षमा खुलेर बोल्दै आएका नेता शशांक कोइरालाको नेतृत्वमा भेला आयोजना हुनु र देउवाको अभिव्यक्ति एकअर्कासँग जोडेर विश्लेषण गरिएको छ।

संविधान संशोधनको बहस चलिरहेका बेला देउवाको यो धारणा आगामी राजनीतिक समीकरण र दलहरूको रणनीतिमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

Share:

सम्बन्धित समाचारहरु