काठमाडौं, १४ साउन । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछिको विकसित परिस्थितिलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।
सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ। सम्बोधनमार्फत सरकारले पछिल्लो घटनाक्रम, शान्ति–सुरक्षा अवस्था तथा आगामी कदमबारे आफ्नो धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

