विश्वकप लिग–२ का लागि नेपाली टोली घोषणा

काठमाडौं । नेदरल्याण्ड्समा आयोजना हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।

रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय टोलीमा दीपेन्द्रसिंह ऐरी उपकप्तानको जिम्मेवारीमा रहेका छन्। टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख तथा गुल्सन झा समावेश छन्।

त्यसैगरी करन केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम शार्की, अर्जुन कुमार र विनोद भण्डारीले पनि टोलीमा स्थान बनाएका छन्।

क्यानले सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई रिजर्भ खेलाडीका रूपमा राखेको छ।

नेपाली टोली आगामी सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोट यात्रालाई थप मजबुत बनाउने लक्ष्यका साथ नेदरल्याण्ड्स जाने तयारीमा रहेको छ। –00–

Share:

सम्बन्धित समाचारहरु