चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत पदाधिकारी निर्वाचनमा मतदान प्रक्रिया जारी रहँदा करिब १५ सयभन्दा कम प्रतिनिधिले मात्रै मतदान गर्न बाँकी रहेको अनुमान गरिएको छ।
४ हजार २ सय प्रतिनिधि सहभागी महाधिवेशनमा केन्द्रीय सदस्य पदको निर्वाचनमा २ हजार ९ सय ५९ मत खसेको थियो भने १ हजार ३ सय ५२ प्रतिनिधि मतदानमा अनुपस्थित रहेका थिए।
रास्वपाका एक नेताका अनुसार केन्द्रीय सदस्यमा पराजित भएका अधिकांश उम्मेदवार महाधिवेशनस्थल छाडिसकेका छन्। उनीहरूसँगै समर्थक तथा प्रस्तावकहरू पनि बाहिरिएकाले मतदानस्थलमा अहिले करिब ४ देखि ५ सय जनाको मात्र उपस्थिति देखिएको छ। यही कारण १५ सयभन्दा बढी मत खस्ने सम्भावना न्यून रहेको उनको भनाइ छ।
यद्यपि मतदान प्रक्रिया भने अपेक्षाकृत छिटो गतिमा अघि बढिरहेको छ। पदाधिकारीतर्फ उम्मेदवारको संख्या कम भएकाले मतदाताले सहज रूपमा मतदान गरिरहेका छन्।
दिउँसो १ बजेदेखि सुरु भएको मतदानमा हालसम्म एक सयभन्दा बढी प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। –00–


