काठमाडौं । चितवनबाट अपहरण गरिएका एक जना बालकको प्रहरीले सकुशल उद्धार गरेको छ।
काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुको टोलीले अपहरणमा परेका बालकको उद्धार गर्नुका साथै घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका सबै पाँच जना भारतीय नागरिक हुन्। उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले अपहरणको कारण र अन्य विवरणबारे अनुसन्धान जारी रहेको जनाएको छ भने घटनासम्बन्धी विस्तृत जानकारी आउन बाँकी छ।–00—


