रास्वपाका यी १६ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले राष्ट्रिय स्वतन्त्र पार्टी का १६ जना सांसदमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।

भदौ २३ र २४ गते भएका घटनामा मानव अधिकार उल्लंघन भएको विषयमा छानबिन गर्न गठित समितिले तयार पारेको प्रतिवेदनमा दोषी देखिए कानुनी कारबाही गर्न सिफारिस गरिएको हो ।

आयोगको सिफारिसमा मनिष झा, हरि ढकाल, डा. तोसिमा कार्की, गणेश कार्की, सुलभ खरेल, कृष्ण कार्की, आशिका तामाङ, बब्लु गुप्ता, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दिपक बोहरा, ज्वाला संग्रौला, शिव यादव, सुधन गुरुङपुरुषोत्तम यादव रहेका छन् ।

प्रतिवेदनमा पूर्वगृहमन्त्री समेत रहेका सुधन गुरुङ र सांसद पुरुषोत्तम यादवले ‘जेनजी आन्दोलन’ का लागि अनुमति लिएको उल्लेख गरिएको छ । साथै भिडलाई उक्साउने समूहलाई समेत कानुनी दायरामा ल्याउन आयोगले सिफारिस गरेको छ ।

आयोगकी सदस्य लिली थापा को संयोजकत्वमा समिति गठन गरिएको थियो । आयोगले तयार पारेको प्रतिवेदन बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको जनाएको छ ।–00—

Share:

सम्बन्धित समाचारहरु