चितवन, जेठ ३१
चितवनमा मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
आज ९मंगलबार० दिउँसो १ बजे कालिका नगरपालिका ५ सिमाचोकस्थित भित्रि सडक खण्डमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ३९ प २९७१ नम्बरको मोटरसाइकल गढुवाचोकबाट पदमपुर सामुदायिक वन तर्फ जाँदै गरेको प्रदेश २–०३–००७ प ५६७५ नम्बरको स्कुटर एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
दुघटनामा परी मोटरसाइकलको पछाडि सवार कालिका ९ का ५० वर्षीय बलबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गम्भीर घाइते भएका तामाङको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा १ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक सोही स्थानमा प्रदिप कुमार श्रेष्ठ र स्कुटरको पछाडि सवार कालिका ३ का ६९ वर्षीय सुकबहादुर तामाङ रहेका छन । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते दुबैको अवस्था मध्यम रहेको छ ।
स्कुटर चालक कालिका ९ का ३६ वर्षीय राजु भनिने बिजमान तामाङ सम्पर्कमा नरहेको प्रहरीले जानकारी दिएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।